काठमाडौं । गृहमन्त्री रवि लामिछानेले पोखरामा भएको विमान दुर्घटनापश्चात् मृतकहरूको पहिचान, शव व्यवस्थापन, बीमा तथा पीडित परिवारलाई गर्नुपर्ने सहजीकरण गन निर्देशन दिएका छन् । उनले आइतबार साँझ राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन कार्यकारी समितिको आकस्मिक बैठकमा यस्तो निर्देशन दिएका हुन् ।
सबै सरोकारवालाहरुले पीडित परिवार तथा मिडियामा सूचना तथा जानकारी सहज रूपमा दिन तीन किसिमले सूचना तथा जानकारी प्रवाह गर्नुपर्ने विषयमा समेत छलफल भएको गृहमन्त्रीको सचिवालयले जनाएको छ ।
पहिले मृतकका परिवारलाई, दोस्रो विदेशी नागरिकको सम्बन्धमा सम्बन्धित मिसन–दूतावासलाई र तेस्रो सञ्चारकर्मीलाई सूचना प्रवाहमा सहजीकरण गर्न भनिएको छ।


