काठमाडौं । काठमाडौं बालुवाटारमा रहेको सुनौलो परिवार नेपालको भवनमा भीषण आगलागी भएको छ । ५ ओटा दमकल प्रयोग गरिए पनि आगलागी अझैनियन्त्रणमा आएको छैन ।
दमकलको सहायताले आगो निभाउने काम जारी रहेको काठमाडौ प्रहरी परिसरका प्रमुख एसएसपी सुदीप गिरिले बताए । आगलागी धेरै फैलिएका कारण काठमाडौं महानगरपालिका र प्रहरीको दमकल प्रयोग गर्दासमेत आगलागी नियन्त्रणमा आउन सकेको छैन । आगलागी बिहान ६ बजे सुरु भएको थियो ।


