काठमाडौं । चितवनको भरतपुर महानगरपालिकाको मेयर पदमा नेकपा (माओवादी केन्द्र) की रेणु दाहालले एमालेका विजय सुवेदीलाई पछि पारेकी छिन् ।
पछिल्लो परिणाममा माओवादी उम्मेदवार दाहालले अग्रता लिएकी छन्।
१५ हजार २३१ मत गणना हुँदा रेणुले ५ हजार १०१ मत प्राप्त गरेकी छन्। एमालेका सुवेदीले ५ हजार ८९ प्राप्त गरेका छन्। रेणुले १२ मतले अग्रता लिएकी हुन्।
स्वतन्त्र उम्मेदवार जगन्नाथ पौडेलले २ हजार ३९६ मत प्राप्त गरेका छन्। उनले आफूले निर्वाचन जित्ने दावी गर्दै आएकी थिइन् ।