काठमाडौं । निर्वाचन आयोगले यही मंसिर १७ गतेदेखि देशभर गरिरहेको मतदाता नामावली संकलन अभियानमा सघाउन भन्दै प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले आफ्ना सबै पार्टी कमिटीलाई सर्कुलर जारी गरेको छ।
एमाले महासचिव शंकर पोखरेलले मतदाता नामावली संकलन टोलीसँग समन्वय गरी उमेर पुगेका नागरिकलाई यसमा आफ्नो विवरण टिपाउन प्रोत्साहन गर्न भन्दै पार्टीका सबै नेतारकार्यकर्ता तथा कमिटीलाई ६ बुँदे पत्र पठाएका हुन् ।