काठमाडौं । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको निर्वाचन क्षेत्रमा पर्ने माडी नगरपालिकाको मेयरमा नेकपा (एमाले) विजयी भएको छ ।
एमालेकी मेयरकी उम्मेदवार तारा कुमारी काजी महतोले नौ हजार ९०१ मत प्राप्त गर्दा उनका निटतम प्रतिद्वन्द्वी ऋषि काफ्लेले सात हजार ७२९ मत पाए।
यो पटकको निर्वाचनमा मेयरमा एमाले–राप्रपाको गठबन्धनबाट महतोले उम्मेदवारी दिएकी थिइन् भने काफ्ले कांग्रेस– माओवादी गठबन्धनबाट मेयरमा उठेका थिए। उपमेयरमा भने कांग्रेसका खेम महतो निर्वाचित भएका छन्। उनले ६ हजार ८३० मत पाएका छन्।