काठमाडौं । नेकपा (माओवादी केन्द्र) को आकस्मिक स्थायी कमिटीको बैठक सकिएको छ । महाधिवेशनको बन्दसत्रमा नेता गिरिराजमणि पोखरेलमाथि कारबाही गर्नुपर्ने माग उठेपछि माओवादीले आकस्मिक रूपमा स्थायी कमिटी बैठक बोलाएको थियो ।
प्रदेश २ को समूहगत छलफलपछि बन्दसत्रमा निष्कर्ष सुनाउने क्रममा टोली नेता सत्यनारायण भगतले पोखरेलले शहीदको सालिक भत्काएको आरोप लगाउँदै उनीमाथि कारबाही किन नभएको भन्दै प्रश्न उठाएका थिए ।
बैठकमा पोखरेलमाथि लागेको आरोपको विषयमा छलफल भएको थियो । उनको विषयमा के गर्ने भन्ने निर्णय भने भइनसकेको एक नेताले बताए ।
त्यस्तै केन्द्रीय कमिटीको जातीय, क्षेत्रीय, भौगोलिक, लैंगिक क्लस्टर मिलाउने विषयमा पनि बैठकमा छलफल भएको थियो ।