काठमाडौं । नेकपा माओवादी केन्द्रको जारी आठौं महाधिवेशनमा पार्टीको नयाँ नेतृत्व सकेसम्म सहमतिबाटै चयन गर्ने प्रयास जारी छ।
त्यसका लागि आज बिहान ११ बजे माओवादी केन्द्रको स्थायी कमिटी बैठक बस्दै छ।
यसैबीच यसअघि अहिले अध्यक्ष प्रचण्डले आफ्नो निवास (खुमलटार( मै बोलाएर शीर्ष नेताहरू नारायणकाजी श्रेष्ठ, कृष्णबहादुर महरालगायतसँग छलफल गरिरहेका छन्।
प्रचण्डले प्रदेश कमिटीहरुबाट केन्द्रीय सदस्यका लागि प्राप्त नामबारे छलफल गरेर स्थायी समिति बैठकमा पेस गर्ने र त्यहाँ अनुमोदनपछि बन्दसत्र हलमा प्रस्तुत गर्ने तयारी गरेका छन्।
बन्दसत्रका अध्यक्षमण्डलले प्रस्ताव गरेको सूची चित्त नबुझे चुनाव गरिनेछ।
त्यसका लागि नेकपा माओवादी केन्द्रको केन्द्रीय निर्वाचन आयोगले दिउँसो २ बजे उम्मेदवारी दर्ता गर्नेगरी शनिबार साँझ नै निर्वाचन कार्यक्रम सार्वजनिक गरिसकेको छ।