काठमाडौं । नेकपा (एमाले) बाट काठमाडौं महानगरपालिकाको मेयरका उम्मेदवार केशव स्थापितले आफु विजयी भएमा काठमाडौं महानगरमालाई रुपान्तरण गरेर नयाँ महानगरपालिका बनाउने सयौं योजना रहेको बताएका छन् । उनले आज (आइतबार) मे दिवसका अवसरमा काठमाडौमा आयोजित कार्यक्रममा उनले शिक्षा, स्वास्थ्य, रोजगारी र विकासका सयौ योजना आफूसँग भएकाले आफूले काम गरेरै देखाउने दावी गरे ।
‘मसँग सयौं आइडियाहरु छ । यो मान्छे अनौठो कुरा गर्छ भन्छ, मेयरहरुले अनौठो नै कुरा गर्नुपर्छ’, स्थापितको भनाइ छ । उनले आफु निर्वाचित भएपछि ६ महिनासम्म सगुन खाएर र मोवाइल अफ गरेर नबस्ने भन्दै निर्वाचित भएको पर्सिपल्टबाट जनताका काममा लाग्ने र भटाभट निर्णय गर्ने बताए ।
उनले आफुले पानी बाहेककको उपहार नलिने पनि बताए । उनले आधारभुत कुराहरु पहिला पुरा गरेर प्रशासनिक सुधार थाल्ने समेत बताए । त्यसक्रममा उनले नागरिकले सप्रमाण भ्रष्टाचार गरेको भनेर आए ठाउँका ठाउँ कारवाही गर्ने पनि बताए । उनले १० वर्षमा दलितहरु नरहने समेत प्रतिज्ञा गरे ।