काठमाडौं । प्रतिनिधिसभा अन्तर्गतको विकास तथा प्रविधि समितिको बैठकमा आइतबार सांसद पहाडीले आफूसँग लाइसेन्स नभएको स्वघोषणा गरे । ‘म आफैं गाडी चलाउँछु । तर, मसँग सवारी चालक अनुमतिपत्र(लाइसेन्स) छैन ।’
भौतिक पूर्वाधार तथा यातायात व्यवस्था मन्त्रालयका सचिव रवीन्द्रनाथ श्रेष्ठ र यातायात व्यवस्था विभागका महानिर्देशक नमराज घिमिरे उपस्थित छलफलमा पूर्वमन्त्री पहाडीले लाइसेन्सविना नै गाडी चलाइरहेको सुनाएका हुन् । उनले अगाडि भने, जिल्लामा जाँदा हाइवेमा ड्राइभरलाई चलाउन लगाउँछु, सवारी चाप नभएको ठाउँमा म आफैँ चलाउँछु ।’
उनले आफूले दुईपटक ट्रायल परीक्षा दिए पनि पास हुन नसकेको बताए । तर, दुईपटक नै फेल भएँ ।’ सांसद पहाडीले समितिको बैठकमा आफ्नो अनुभव सुनाए, ‘के हुँदोरहेछ भने ट्रायल दिने ठाउँमा आफूले चलाइरहेको गाडी चलाउन नपाइनेरहेछ । त्यहाँ राखेको गाडीमा हात बसेको हुँदैन । कि दुई–तीन दिन त्यही गाडीमा अभ्यास गर्न दिनुप¥यो, कि आफ्नै गाडीमा ट्रायल परीक्षाको व्यवस्था गर्नुप¥यो ।’
। सांसद पहाडीको जस्तै समस्या अर्की सांसद इन्दु शर्माले पनि सुनाइन् । माओवादी केन्द्रकी सांसद शर्माले आफूलाई गाडि चलाउन आउने भए पनि लाइसेन्स नपाएको गुनासो गरिन् । सांसद शर्माले सवारी लाइसेन्स दिने प्रक्रियालाई सहज व्यवस्था गर्न आग्रह गरिन् ।
सांसद शर्माले समितिको बैठकमा भनिन्, ‘म राम्रोसँग गाडी चलाउन सक्छु, तर लाइसेन्स छैन । बैशाखमा लाइसेन्सका लागि निवेदन दिएकी थिएँ, मंसिरमा पालो आउँछ रे । त्यो बेलासम्म यत्तिकै बस्ने हो भने गाडी चलाउन बिर्सन्छु होला ।’
पहाडी र शर्मा दुबै सांसदले सवारी लाइसेन्स दिइने प्रणालीबाट दिक्क भएको पीडा पोख्दा पनि लाइसेन्सबारे भौतिक पूर्वाधार मन्त्रालयका सचिव र यातायात व्यवस्था विभागका महानिर्देशकले चित्तबुझ्दो जवाफ दिन सकेनन् । बरु विभागका महानिर्देशक घिमिरेले विभागको निर्देशन यातायात व्यवस्था कार्यालयले कार्यान्वयन नगरी उल्टै त्यहाँका शाखा अधिकृतले प्रदेशको मन्त्रालयमार्फत पत्र पठाउन भन्दै विभागलाई नै पत्र पठाएको गुनासो सुनाए ।
मन्त्रालयका सचिव रवीन्द्रनाथ श्रेष्ठले पनि यातायात व्यवस्था कार्यालय प्रदेश सरकारअन्तर्गत राखिएका कारण काम गराउन असाध्यै गाह्रो रहेको बताए । उनले आज ट्रायल भयो भने आजै लाइसेन्स दिने व्यवस्था भए पनि धेरै संख्यामा दिन कठिनाइ रहेको बताए ।