काठमाडौं । एनसेलको शेयर खरिद बिक्रि प्रकरणबारे छलफल गर्न राज्य व्यवस्था तथा सुशासन समितिको बैठक बस्दै छ । सरकारले गठन गरेको छानबिन समिति र अन्य निकायमा भइरहेको प्रगतिलगायतमा बुझ्न बैठक बोलाइएको समिति सभापति रामहरि खतिवडाले बताए ।
यसअघि संसदको लेखा समितिले एनसेल खरिद–बिक्री प्रक्रिया रोक्न सरकारलाई निर्देशन दिइसकेको छ । सरकारले पनि एनसेलको सेयर खरिद–बिक्रीका सम्बन्धमा छानबिन गर्न ५ सदस्यीय उच्चस्तरीय समिति गठन गरेको छ ।