काठमाडौं । लामो रस्साकस्सीपछि नेकपा एमालेको भावी नेतृत्व चयनका लागि वरिष्ठ उपाध्यक्ष र महासचिवबाहेकको सूची तयार भएको छ ।
दशौं महाधिवेशनको बन्दसत्रको अध्यक्ष मण्डलका अध्यक्ष केपी ओली बसेको पार्क सफारी होटलमा बसेर नेताहरूले सूची तयार गरेका हुन् । शनिवारको बन्दसत्रले सहमतिको सूची बनाउने जिम्मा ओलीलाई दिएको थियो
निवर्तमान उपमहासचिव एवं संगठन विभाग प्रमुख विष्णु पौडेलले होटलको लवीमा आएर सूची प्रिन्ट गरेर लगेका छन् । उनले केहीबेरमा बन्दसत्र शुरू हुने जानकारी दिए ।