काठमाडौं । नेपाली कांग्रेसको चौधौं महाधिवेशनमा संस्थापन पक्षबाट कृष्ण प्रसाद सिटौला समूहमा रहेका प्रदीप पौडेललाई महामन्त्री बनाउने गरी सहमति भएको छ। केहीबेर अघि भएको सहमतिअनुसार पौडेललाई महामन्त्री बनाएर जान देउवा पक्ष र सिटौला पक्षले सहमति गरेका छन्।
कांग्रेसमा तेस्रो धार भनेर चिनिएको सिटौला पक्षले संस्थापन र पौडल दुवै समूहसँग भागबण्डा मिलाउनेबारे कुरा गरिरहेको थियो। आजको सहमतिअनुसार अब संस्थापन र सिटौला पक्ष मिलेर निर्वाचनमा जानेछन्।
संस्थापनइतर भनेर चिनिएका रामचन्द्र पौडेल, शशांक कोइराला, शेखर कोइराला, प्रकाशमान सिंह विमलेन्द्र निधि सबै मिलेर सिटौला पक्षलाई आफ्नो समूहमा ल्याएर प्रधानमन्त्री तथा पार्टी सभापति शेरबहादुर देउवा पक्षलाई जसरी पनि हराउने योजना अब लगभग फेल भएको छ । देउवा र सिटौला पक्ष मिलेर निर्वाचनमा जाँदा उनीहरुको जित सुनिश्चित रहेको अनुमान छ ।