काठमाडौं । आज लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशले मुख्यमन्त्री पाउने भएका छन् । तीनवटै प्रदेश प्रमुखहरुले सरकार गठन गर्ने समय आज सकिने भएकोले यी प्रदेशहरुले आज मुख्यमन्त्री पाउने भएका हुन् ।
केन्द्रमा शीर्ष नेताहरूबीच भएको सहमति अनुसार दलहरूले मुख्यमन्त्री दाबी गर्नेछन् । कर्णाली र लुम्बिनीमा केही असन्तुष्टि भए पनि सहमति नै मुख्यमन्त्री चयन हुने नेताहरूले बताएका छन् ।
केन्द्रको सहमति अनुसार लुम्बिनीमा एमालेले सरकार बनाउँदै छ । एमालेबाट आज संसदीय दलका नेता लिला गिरीले पाँच वर्षका लागि मुख्यमन्त्रीका लागि दाबी पेस गर्नेछन् । लुम्बिनीमा आज अपराह्न ४ बजेसम्मको समयमा दाबी पेस गर्न समय छ ।


