काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका बालकृष्ण खाँणको निर्वाचन क्षेत्र रुपन्देही ३ मा शनिबार प्रदर्शन गरिएको छ।
पूर्व गृहमन्त्री खाँण नक्कली शरणार्थी प्रकरणमा हाल प्रहरीको हिरासतमा छन्।
उनले चुनाव लडेको रुपन्देही निर्वाचन क्षेत्र नम्बर ३ मा पर्ने तिलोत्तमा नगरपालिकाको मणिग्राम चोकमा स्थानीय युवाले दोषीलाई नछाड्न सरकारसँग माग गर्दै प्लेकार्ड बोकेर प्रदर्शन गरेका हुन्।
खाँण गृहमन्त्री रहेकै बेला गत मंसिर ४ मा भएको प्रतिनिधिसभा सदस्य निर्वाचन लडेका उनलाई राष्ट्रिय प्रजातन्त्र पार्टीका नेता दीपक बोहराले हराएका थिए ।
खाँण २०७८ असारदेखि २०७९ पुससम्म गृहमन्त्रीको जिम्मेवारीमा थिए।


