काठमाडौं । नेपाली कांग्रेसका उपसभापति पूर्णबहादुर खड्काले पार्टीका संस्थापक सन्त नेता कृष्णप्रसाद भट्टराईको जीवन सबैका लागि प्ररणादायी रहेको बताएका छन् ।
पूर्व उपप्रधानमन्त्री समेत रहेका खड्काले कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरमा प्रदेश पार्टी कार्यसमितिले निर्माण गर्न लागेको सन्त नेता कृष्णप्रसाद भट्टराई स्मृति भवनको शिलान्यास कार्यक्रममा यस्तो बताएका हुन् ।
‘सामाजिक र राजनीतिक जीवनमा समर्पित भएका मानिसहरुको जीवनपद्धति कस्तो हुनुपर्दछ, उनीहरुको आचार र विचार कस्तो हुनुपर्दछ भन्ने कुरा पार्टीका संस्थापकमध्येका एक सन्त नेता किशुनजीबाट हामीले सिक्नु आवश्यक छ’, उनले भने ।


