काठमाडौं । आज हुने प्रतिनिधिसभाका सभामुखको लागि उम्मेदवारीबारे निर्णय गर्न नेपाली कांग्रेसको पदाधिकारी बैठक आज बस्दै छ । बैठक बिहान ९ बजे बस्ने तय भएको छ । प्रतिनिधिसभा सभामुख निर्वाचनका लागि आज उमेदवारी दर्ताको कार्यतालिका छ ।
नेपाली कांग्रेसले सभामुखमा उमेदवारी दिने अथवा नदिने निर्णय गरिसकेको छैन । सोही निर्णय लिन बैठक बस्न लागेको हो । उमेदवारी दिने अथवा नदिने पदाधिकारी बैठकले निर्णय गर्नेछ ।
सत्ता गठबन्धनमा सभामुख एमालेको भागमा परेको छ । त्यसैले पराजित हुने निर्वाचनमा भाग लिने कि नलिने कांग्रेस दोधारमा छ ।


