काठमाडौं । आज ( विहीबार) बसेको मन्त्रिपरिषद् बैठकले सरकारले तेजाब आक्रमणविरुद्ध र यौन हिंसाविरुद्धको अध्यादेश ल्याउने भएको छ ।
यसअघि तत्कालीन केपी शर्मा ओली नेतृत्वको सरकारले एसिड आक्रमण गर्नेलाई कडा कारबाही र पीडितलाई क्षतिपूर्तिसहितको अध्यादेश जारी गरेको थियो ।तर सरकारले बेलैमा प्रतिस्थापन विधेयक नल्याएका कारण ती अध्यादेश निष्क्रिय भएका थिए । अघिल्लो सरकारले ल्याएका १५ वटा अध्यादेश ६० दिनभित्र प्रतिस्थापन विधेयक नल्याएका कारण निष्क्रिय भएका थिए ।