काठमाडौं । नेपाली कांग्रेसबाट सुदूरपश्चिम प्रदेशमा मुख्यमन्त्री रहेका कमलबहादुर शाहले आज बैठकमा विश्वासको मत लिने तयारी गरेका छन् ।
मुख्यमन्त्री शाह दलीय सहमति जुटाउन प्रयासरत छन् । आवश्यक परेमा आजै सर्वदलीय बैठकसमेत बस्न सक्ने मुख्यमन्त्रीका स्वकीय सचिव धिरेन्द्र शाहीले जानकारी दिए । नेकपा माओवादी केन्द्रले यथास्थितिमा विश्वासको मत नदिने निर्णय गरेपछि मुख्यमन्त्री शाह अप्ठ्यारोमा परेका छन् ।
शनिबार बसेको माओवादी केन्द्र संसदीय दलको बैठकले कांग्रेसले संवादको वातावरण नबनाएको र मुख्यमन्त्रीमा आलोपालोको विषयमा छलफल नएभको भन्दै यथास्थितिमा विश्वासको मत नदिने निर्णय गरेको थियो ।


