काठमाडौं । आगामी स्थानीय निर्वाचनमा चुनावी तालमेलबारे छलफल गर्न सत्तारुढ गठबन्धनको बैठक आज साँझ ४ बजे पनि बस्ने भएको छ ।
हिजो (सोमबार) बालुवाटारमा बसेको सत्ता गठबन्धन बैठकपछि सरकारका प्रवक्ता तथा सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले कसरी निर्वाचन सफल बनाउने भन्ने विषयमा छलफल केन्द्रित हुने जानकारी दिए ।
बैठकमा स्थानीय निर्वाचनलाई कसरी सफलतापूर्वक सम्पन्न गर्ने र गठबन्धन समर्थित उमेदवारहरुलाई कसरी विजय गराउने भन्नेबारेमा छलफल केन्द्रित हुने बताइएको छ ।
आफ्नो दलको राम्रो जनमत भएका महानगर र नगरपालिकाहरुमा नेपाली कांग्रेस र माओवादी केन्द्र दुबै दलले आफूले पाउनुपर्ने अडान राख्दै आएका छन् । यसबारेमा एउटा मापदण्ड बनाउने बुझिएको छ ।