काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री राजेन्द्र लिङ्देनले हिन्दू राष्ट्रको मुद्धा अब झन् बलियो हुने बताएका छन् । उनले सोमबार राष्ट्रपति शैक्षिक सुधार कार्यक्रमअन्तर्गत अर्जुनधारा नगरपालिका–१ साधुटारस्थित शङ्कारचार्यपीठ वेद वेदाङ्ग संस्कृति पाठशालाको नवनिर्मित भवनको उद्घाटन गर्दै यस्तो बताएका हुन् ।
सो अवसरमा उनले आफू सरकारमा जाँदैमा हिन्दू राष्ट्रको मुद्दा कमजोर नहुने बताए। ‘सरकारमा गएर हिन्दूत्वको मुद्दा कमजोर हुँदैन झन् बलियो हुन्छ’, उनले भने, ‘हिजो चर्को कुरा गरेर हिन्दूत्वको मुद्दा उठाउँदै आएँ, अब व्यवहारमा लागू गराउँदै लैजान्छु।’ उनले नेपालमा हिन्दू राष्ट्र हुनुपर्छ भनेर विनास्वार्थ उभिएको बताए।


