काठमाडौं । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले १५औं महाधिवेशनको मिति आसन्न महासमितिको बैठकबाटै तोक्नुपर्ने बताएका छन् ।
संस्थापनइतर समूहका नेता रहेको उनले आज प्रजातन्त्र सेनानी संघले राष्ट्रिय मेलमिलाप दिवसको अवसरमा काठमाडौंमा आयोजना गरेको वाग्मती प्रदेशस्तरीय भेलामा आफ्नोे धारणा राख्ने क्रममा यस्तो माग गरेका हुन् ।
कांग्रेस अहिलेको अवस्थामा अगाडि बढ्न नसक्ने बताउँदै कोइरालाले बलियो कांग्रेस बनाउन पार्टी महाधिवेशन तोकिएकै समयमा हुनुपर्ने बताए ।
फरक प्रसंगमा उनले जनताले मन्त्रीहरूको एक वर्षको रिपोर्ट कार्ड मागे पनि आफू भने प्रधानमन्त्री पुष्कमल दाहाल प्रचण्डकै रिपोर्टकार्ड मागेर बसेको बताए ।