काठमाडौं । नेपाल प्रहरीका १७ जना एसएसपी डीआईजीमा बढुवाका लागि सिफारिस भएका छन् । बुधबार बसेको बढुवा समितिको बैठकले १७ प्रहरी वरिष्ठ उपरीक्षकहरुलाई प्रहरी नायव महानिरीक्षक पदमामा बढुवाका लागि सिफारिस गरेको हो ।
बढुवाको पहिलो नम्बरमा बसन्तबहादुर कुँवर रहेका छन् । उनीहरुलाई प्रहरी नियमावली २०७१ ९संशोधनसहित०को नियम २७ को उप(नियम ९४० अनुसार सिफारिस गरिएको प्रहरी प्रधान कार्यालयले जनाएको छ।


