काठमाडौं । अस्वस्थ भएर केही दिनदेखि उपचाररत नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालको स्वास्थ्य अवस्थामा सुधार देखिएको छ।
उनको उपचारमा संलग्न डा. सन्तकुमार दासले नेता नेपालको स्वास्थ्यमा क्रमिक रुपमा सुधार हुँदै गएको जानकारी दिए । अध्यक्ष नेपाल त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल महाराजगञ्जमा उपचाररत छन् । पूर्वप्रधानमन्त्रीसमेत रहेका नेता नेपालमा निमोनिया भएपछि यही पुस ५ गते अस्पताल भर्ना भएका थिए।


