काठमाडौं । काठमाडौं महानगरपालिकाले आगामी आर्थिक वर्ष २०८०/०८१ का लागि २५ अर्ब ५४ करोड ७८ लाख रुपैयाँको बजेट सार्वजनिक गरेको छ ।
उपमेयर सुनिता डंगोलले आइतबार नगरसभामा बजेट प्रस्तुत गर्दै प्रस्तुत नीति तथा कार्यक्रम कार्यान्वयन गर्न सो बजेट विनियोजन गरेको बताएकी छन् ।
महानगरले चालु तर्फ आठ अर्ब ६१ करोड ५४ लाख विनियोजन गरेको छ भने पुँजीगततर्फ १६ अर्ब ९३ करोड २४ लाख रुपैयाँ विनियोजन गरेको छ ।


