काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले केन्द्रीय समिति बैठक बोलाएको छ। साउन ५ र ६ गते काठमाडौंमा केन्द्रीय समिति बैठक बस्ने प्रवक्ता मोहन श्रेष्ठले बताए ।
बैठकमा स्थानीय तह चुनावको समीक्षा, प्रतिनिधि सभा र प्रदेश सभा सदस्यको निर्वाचन तयारीलगायत विषयमा छलफल हुने उनले जानकारी दिए ।
राप्रपाको बैठक असार पहिलो हप्ता बस्ने भने पनि आन्तरिक तयारी नपुगेको भन्दै स्थगित गरिएको थियो । पछिल्लो समय राप्रपाले अहिलेको सरकारले देशको विकास गर्न नसक्ने बताउँदै आएको छ । कमल थापा राप्रपाबाट बाहिरिएर राप्रपा नेपाल दल गठन गरेका छन् ।


