काठमाडौं । आजबाट सत्तारुढ दल नेकपा एकीकृत समाजवादी पार्टीको पोलिटब्युरो बैठक सुरु हुँदैछ ।आज र भोलि बस्ने बैठकले पार्टीको आगामी कार्यभारको विषयमा छलफल गरिने एको छ ।
बैठकमा वर्तमान परिस्थिति र पार्टीको आगामी कार्यभारको विषयमा पोल्टिब्युरोका सदस्यहरूले आफ्नो धारण राख्ने प्रवक्ता जगन्नाथ खतिवडाले बताए । बैठक बिहान ११ बजे पार्टी कार्यालयमा नै बस्ने उनले बताए ।
हिजो बसेको सचिवालयको बैठकले पोलिटब्युरो र केन्द्रीय कमिटी बैठकको एजेन्डाको तयारी गरेको थियो ।


