काठमाडौं । नेकपा (माओवादी केन्द्र) को युवा संगठन योङ कम्युनिस्ट लिग नेपाल (वाईसीएल) को दोस्रो राष्ट्रिय भेला आजबाट काठमाडौंमा सुरु हुँदैछ।
प्रज्ञा प्रतिष्ठानमा आयोजना हुने भेलाको उद्घाटन माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गर्ने कार्यक्रम छ।
भेलाले नयाँ नेतृत्व चयन गर्नेछ। भेलामा भूगोल तथा गैरभुगोल जिल्ला, प्रदेशबाट ६ सय प्रतिनिधि सहभागी रहने छन्। नेतृत्वमा धेरैले आफ्नो दावी प्रस्तुत गरिसकेका छन् ।


