काठमाडौं । नेपाली कांग्रेसले आज केन्द्रीय कार्यालय सानेपामा बिहान १०ः३० बजे आकस्मिक बैठक बोलाएको छ । बैठकमा सांसद प्रदीप गिरीको निधनमा शोक प्रस्ताव पारित गर्ने बताइएको छ ।
समाजवादी चिन्तक गिरीको ललितपुरको भैँसेपाटीस्थित मेडिसिटी अस्पतालमा क्यान्सर रोगको उपचारका क्रममा शनिबार राति ९ः३० बजे निधन भएको हो ।
गिरीको पार्थिव शरीरलाई आज बिहान ९ देखि ११ बजेसम्म मेडिसिटी अस्पताल प्राङ्गणमा रहेको शिवालय मन्दिरमा श्रद्धाञ्जलीका लागि राखिने र बिहान ११ः३० बजेदेखि दिउँसो २ः०० बजेसम्म कांग्रेस पार्टीको केन्द्रीय कार्यालय सानेपामा श्रद्धाञ्जलीका लागि राखिने पार्टी कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए ।


