काठमाडौं । आज राष्ट्रिय प्रजातन्त्र पार्टी केन्द्रीय कार्यसमितिको बैठक बस्दै छ । धुम्बाराहीस्थित एक बैंक्वेटमा दिउँसो १ बजेदेखि बैठक सुरु हुने छ ।
बैठकमा समसामयिक राजनीतिक परिस्थितिको समीक्षा, संगठन सुदृढीकरण, दोस्रो चरणको संघर्षका कार्यक्रम, आसन्न प्रदेश र प्रतिनिधि सभाको निर्वाचनको तयारी लगायत विषयमा छलफल गरी रणनीति तय गर्ने राप्रपाका प्रवक्ता मोहन श्रेष्ठले जानकारी दिए ।बैठक आज र भोलि दुई दिनसम्म चल्ने उनले बताए । बैठकमा समसामयिक विषयमा गहन छलफल हुने बताइएको छ । पछिल्लो समय राप्रपाका केही नेताहरुले पार्टी परित्याग गर्ने क्रम बढेकाले यस विषयमा पनि समीक्षा हुने बुझिएको छ ।


