काठमाडौं । दार्चुलाको शैल्यशिखर नगरपालिका– ९ स्थित गोकुलेश्वर उच्च माविमा चुनावी सभा आयोजना गरेको सम्बन्धमा निर्वाचन आयोगले उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री दिलेन्द्रप्रसाद बडूसहितका उम्मेदवार र विद्यालयका प्रधानाध्यापकलाई स्पष्टीकरण सोधेको छ ।
आयोगले दार्चुलाका निर्वाचन अधिकृतलाई यस घटनाबारे आवश्यक कारबाही गर्न र प्रमुख जिल्ला अधिकारीलाई ४ दिनभित्र घटनाको प्रतिवेदन पेश गर्न निर्देशन दिएको आयोगले जनाएको छ ।
आयोगले चुनावी सभाका विषयमा दार्चुला १ (१) मा प्रदेशसभाका नेपाली कांग्रेसका उम्मेदवार विक्रम सिंह धामी र प्रदेशसभा १ (२) मा नेकपा माओवादी केन्द्रका उम्मेदवार मानबहादुर धामी प्रधानाध्यापक धनञ्जय जोशीसँग स्पष्टीकरण माग गरेको हो ।


