काठमाडौं । सत्ता साझेदार दल नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले आफ्नो पार्टी नै नेपाली कम्युनिष्ट आन्दोलनको मूल प्रवाह भएको बताएका छन् ।
पूर्व प्रधानमन्त्री नेपालले आइतबार आयोजित कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा यस्तो बताएका हुन् ।
अध्यक्ष नेपालले मुलुकको समग्र राजनीति र वाम आन्दोलनमा ठूलो चुनौती रहेको उल्लेख गर्दै नेकपा एकीकृत समाजवादीजस्तो क्रान्तिकारी पार्टीले मात्रै ती चुनौतीको सामना गर्न सक्ने बताए ।
पूर्वप्रधानमन्त्री नेपालले आगामी निर्वाचन एक्लै लड्नसक्ने गरी सङ्गठनलाई शक्तिशाली बनाउनुपर्नेमा जोड दिए । आगामी निर्वाचनमा एक्लै प्रतिस्पर्धा गर्न सक्ने एउटा क्रान्तिकारी पार्टी निर्माणको आवश्यकता उनले औँल्याए । त्यस अवसरमा एमाले नेत्री मेनुका श्रेष्ठ एकीकृत समाजवादीमा प्रवेश गरेका थिए ।


