काठमाडौं । नेकपा एमाले अध्यक्ष केपी ओलीसँग नेपालका लागि नवनियुक्त चिनियाँ राजदूत छन सोङले भेटवार्ता गरेका छन्।
उनीहरुबीच ओली निवास बालकोटमा भेट भएको हो । एक हप्ताअघि मात्रै राजदूतको कार्यभार सम्हाल्न नेपाल आएका सोङले उच्च तहमा भेटघाट तीब्र पारेका छन्। राजदूत सोङले बुधबार नै राष्ट्रिय सभाका अध्यक्ष गणेश तिमिल्सिनासँग भेटवार्ता गरेका थिए ।


