काठमाडौं । पछिल्लो समय कुनै पार्टीमा आवद्ध नरहेका वामदेव गौतमले पछिल्लो राजनीतिक महाभूकम्पको योजनाकार एमाले अध्यक्ष केपी ओली भएको टिप्पणी गरेका छन् ।
राष्ट्रियसभाको शुक्रबारको बैठकमा बोल्दै उनले योजनाकार ओली भए पनि मुख्य पात्रको रुपमा पुष्पकमल दाहाल ‘प्रचण्ड’ देखिएको बताए ।
पछिल्लो राजनीतिक घटनाक्रमबारे उनले ओलीलाई महाभारतको कृष्ण र प्रचण्डलाई अर्जुनको उपमासमेत दिए ।
‘जुन आजको स्थिति बिग्रेको छ भनिन्छ । त्यसको निम्ति मूल कृष्ण भएर भूमिका खेल्ने कमरेड केपी ओली हुनुहुन्छ, नेकपा एमालेका अध्यक्ष । मलाई धेरै पत्रकारहरुले सोध्नुभएको थियो– यसपटक यो राजनीतिक महाभूकम्प ल्याउनेमा तपाईंले कसलाई मुख्य पात्र मान्नुहुन्छ भनेर । मैले भनें, पात्र त प्रचण्ड नै हो’, गौतमले भने ।


