काठमाडौं । काठमाडौं प्रतिनिधिसभा क्षेत्र नम्बर १ मा सत्ता गठबन्धनका साझा उम्मेदवार रहेका नेपाली कांग्रेस नेता प्रकाशमान सिंहले आफ्नो ध्यान कानुन बनाउने मात्र नभई भौतिक पूर्वाधार निरमाणमासमेत केन्द्रित हुने बताएका छन्। उनले आइतबार बिहान चुनावी अभियानका क्रममा मतदातासँगको भेटमा यस्तो बताएका हुन् ।
भौतिक पूर्वाधार निर्वाचनको क्षेत्रमा, आफूभन्दा अघिका जनप्रतिनिधिलेभन्दा आफूले धेरै काम गरेको उनले बताए। काठमाडौं क्षेत्र नम्बर १ का उम्मेदवारसमेत रहेका नेता सिंहले यस क्षेत्रले जिताएर पठाएका जनप्रतिनिधि देशको प्रधानमन्त्री साथै ठूला पदमा पुगे पनि विकाशको काममा ठूलो कार्य गर्न नसकेको बताए।
बहुदलपछि यस क्षेत्रमा कांग्रेसले २०६४ सालसम्म बहुमत पाउन नसकेको उल्लेख गर्दै २०६४ मा जनताले जिताएर पठाएपछि भने यस क्षेत्रमा विकाशको कार्य अगाडि बढेको उनको भनाई थियो। त्यसको पूर्णताका लागि आफ्नो जित अपरिहार्य भएको नेता सिंहको भनाइ छ ।


