काठमाडौं । नेपाली कांग्रेस वागमती प्रदेशका सभापति इन्द्र बानियाँले निर्वाचनमा पराजय भएपछि अरुलाई दोषारोपण गर्न नहुने बताएका छन् ।
उनले शनिबार काठमाडौंमा नेपाली कांग्रेस मकवानपुर–काठमाडौं सम्पर्क समितिले आयोजना गरेको नयाँवर्ष २०८० को शुभकामना आदानप्रदान तथा भित्तेपात्रो विमोचन समारोहमा बोल्दै यस्तो बताएका हुन् । उनले भने, ‘जनतामा अरुबेला नजाने, चुनावमा मात्र जाने अनि पराजित भएपछि अर्कालाई दोष लगाउने काम अब बन्द गर्नुपर्छ ’ । सभापति बानियाँले पार्टीलाई हराउन लाग्ने जोसुकैलाई पनि कारबाही गर्नुपर्ने बताए ।
मकवानपुर १ बाट प्रतिनिधिसभाको उम्मेदवार भएकी कांग्रेसकी सह–महामन्त्री महालक्ष्मी उपाध्याया ‘डिना’ ले आफूलाई बानियाँले हराएको आरोप लगाउँदै आएकी छिन् । बानियाँले निर्वाचनमा उपाध्यायालाई हराएको भनेर लाग्ने आरोपमा कुनै सत्यता बताए ।


