काठमाडौं । नेपाल कमर्श क्याम्पस मिनभवनमा नेपाल विद्यार्थी संघका दुई समूहबीच झडप भएको छ।
स्ववियु निर्वाचनका लागि भन्दै बिहान ११ बजे शेखर समूहका विद्यार्थीले भेला आह्वान गरेको कार्यक्रममा संस्थापन पक्षका नेताहरूले अवरोध गरेको इत्तर पक्षका नेताहरूको आरोप छ। दुई पक्षबीचको विवादले आक्रमणको रुप लिँदा ढुंगामुढा हानाहानसमेत भएको थियो।
स्ववियु चुनावबारे सुझाव संकलन गर्न छलफल तथा अन्तरक्रिया राखेकोमा दुजाङ शेर्पा नेतृत्वको टोलीले कार्यक्रम भाँडेको शेखर समूहका विद्यार्थीको आरोप छ। यतिबेला क्याम्पस परिसरमा बाक्लो संख्यामा प्रहरी परिचालन गरिएको छ।


