काठमाडौं । जनता समाजवादी पार्टी, (जसपा) नेपालले प्रधानमन्त्री पुष्पकमल दाहाललाई विश्वासको मत दिने निर्णय गरेको छ ।
जसपा संसदीय दलको सोमबार साँझ बसेको बैठकले प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मत दिने निर्णय गरेको प्रचार विभाग प्रमुख पूर्ण बस्नेतले जानकारी दिए ।
बैठकले प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मत दिन आफ्ना सांसदलाई ह्वीप जारी पनि गर्ने निर्णय गरेको छ । ‘जसपाले सरकारलाई विश्वासको मत दिनेछ । हाम्रा सांसदहरूलाई सरकारको पक्षमा उभिन ह्रवीप लगाउने पनि निर्णय भएको छ,’ बस्नेतले भने ।
प्रधानमन्त्री प्रचण्डले आज बिहान ११ बजे बस्ने संसद बैठकमा विश्वासमो मत लिने कार्यसूची रहेको छ ।


