काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीले आफ्ना आधिकारिक उम्मेदवारविरुद्ध बागी उम्मेदवारी दर्ता गरेकाहरुलाई उम्मेदवारी फिर्ता लिन निर्देशन दिएको छ ।
राप्रपाले मंगलबार विज्ञप्ति जारी गर्दै निर्वाचन आयोगले उम्मेदवारी फिर्ता गर्न निर्धारण गरेको समयमा बागी उम्मेदवारी फिर्ता लिन निर्देशन दिएको हो । अन्यथा पार्टीबाट निष्काशन गरिने राप्रपाले जनाएको छ । निर्वाचन आयोगले उम्मेदवारी फिर्ता लिनका लागि बुधबार दिउँसो १ बजेसम्मको समय प्रदान गरेको छ । पार्टीले टिकट नदिएको भन्दै धेरै स्थानमा बागी उम्मेदवारी परेपछि उनले यस्तो निर्देशन दिएको हो ।


