काठमाडौं । खानेपानी मन्त्री उमाकान्त चौधरीले १२ महिनाभरि नै मेलम्चीको पानी काठमाडौंवासीलाई खुवाउने प्रतिवद्धता ब्यक्त गरेका छन्। मन्त्री चौधरीले शुक्रबार मेलम्चीको पानी पुनः वितरण कार्यक्रममा सहभागी हुने क्रममा यस्तो प्रतिवद्धता जनाएका हुन्।
उनले मेलम्चीको पानीको दीर्घकालीन रुपमा स्थायी समस्या समाधानका लागि एडीबीले पहिलो प्रतिवेदन बुझाइसकेको र दोस्रो प्रतिवेदन बुझाउने चरणमा रहेको जानकारी दिँदै मेलम्ची खानेपानीका संरचना सुरक्षा गर्दै स्थायी समाधान खोज्नेतर्फ सरकार लागेको बताए।


