काठमाडौं । भारतबाट भन्सार छली गरेर ल्याइएको रासायनिक मल धादिङको धुनिबेसी नगरपालिका वडा नम्बर ६ धार्के बजारमा स्थानीय किसानहरूले कब्जा गरेका छन् ।
भन्सार छली गरेर ल्याइएको दुई ट्रक मल राजश्व विभागले नियन्त्रणमा लिएपछि व्यापारीहरूको संलग्नतामा किसानहरूलाई जानकारी गराएका थिए ।
मलको अभाव भोगिरहेका किसानहरूले पृथ्वी राजमार्गको बीच सडकमै ट्रक नियन्त्रणमा लिएर मल लिएका हुन् । राजमार्गमा जम्मा भएका करिव ५ सय जना किसानले मल लिएका छन् ।


