काठमाडौं । केही दिनदेखि घरमै बसिरहेका उपप्रधानमन्त्री एवं भौतिक पूर्वाधार तथा यातायातमन्त्री नारायणकाजी श्रेष्ठले आज सबेरै एकान्तकुनाको यातायात कार्यालयमा छड्के गरेका छन् ।
मन्त्रीका प्रमुख स्वकीय सचिव विजय गौतमले सो यातायात कार्यालयबाट धेरै गुनासो आएकाले छड्के चेकिङमा पुगेको बताए ।
“मन्त्रीले सेवाग्राहीका गुनासाहरु र कामहरुबारे जानकारी लिनुभएको छ,” गौतमले भने, “अर्को यातायात कार्यालयमा पनि जान्छौँ । कुनमा जाने भन्ने एकीन छैन् । गएपछि मात्रै थाहा हुन्छ ।”


