काठमाडौं । नेकपा (माओवादी केन्द्र) र नेकपा (एकीकृत समाजवादी) पार्टीबीच एकता प्रक्रिया अघि बढेको छ । नेकपा एकीकृत समाजवादीका नेता प्रकाश ज्वालाले आइतबारदेखि दुई पार्टीबीच औपचारिक संवाद सुरु भएको जानकारी दिँदै संवादलाई निरन्तरता दिने सहमति भएको बताए ।
आजको वार्ता सकारात्मक रहेको र दुई पार्टीबीच सम्वादलाई निरन्तरता दिने सहमति भएको उनले उनको भनाइ छ । वार्तामा नेकपा माओवादी केन्द्रका तर्फबाट वार्ता समितिका संयोजक कृष्ण बहादुर महरासहित गिरिराजमणि पोख्रेल र शक्ति बस्नेत सहभागी थिए भने एकीकृत समाजवादीको तर्फबाट वार्ता समितिका संयोजक बेदुराम भुसालसहित ज्वाला र विजय पौडेलको सहभागिता थियो ।
यसअघि माओवादीले शनिबार नेपाल समाजवादी पार्टीसँग पनि वार्ता गरेको थियो । बैठकले तीन महत्त्वपूर्ण विषयहरूमा सहमति पनि गरेको थियो ।


