काठमाडौं । गत मंसिर ४ गते सम्पन्न भएको निर्वाचनको प्रतिनिधिसभाको समानुपातिकतर्फ रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टीले १० लाख ७१ हजार मत कटाएको छ। मंगलबार बिहानसम्म राष्ट्रिय स्वतन्त्र पार्टीले १० लाख ७१ हजार २५९ मत ल्याएर चौंथो स्थान कायम गरेको हो।
निर्वाचन आयोगको तथ्यांक अनुसार नेकपा एमालेले २५ लाख ८४ हजार १९२ मत ल्याएर पहिलो स्थान कायम गरेको छ। त्यसपश्चात नेपाली कांग्रेसले २४ लाख ५२ हजार ८३, नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) ११ लाख ६४७, राष्ट्रिय प्रजातन्त्र पार्टी ५ लाख ५१ हजार १०७, जनता समाजवादी पार्टीले ३ लाख ५७ हजार ४६४ मत पाएका छन्।
यसैगरी जनमत पार्टीले २ लाख ९९ हजार ७८३, नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)ले २ लाख ६४ हजार ४७२, नागरिक उन्मुक्ति पार्टीले २ लाख ४५ हजार २९१, लोकतान्त्रिक समाजवादी पार्टी, नेपालले १ लाख ३७ हजार ७१६ मत ल्याएका छन्।


