काठमाडौं । संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराँतीले ‘राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछानेलाई रोजेको मन्त्रालय दिनुपर्ने बताएका छन् ।
मन्त्री किराँतीले शुक्रबार होटल व्यवसायी महासंघ र पर्यटन बोर्डद्वारा आयोजित पौवामा आयोजित होटल शेवा व्यवस्थापन सम्बन्धी तालिम उद्घाटन कार्यक्रममा ‘जनताले रवि लामिछानेलाई लोकप्रिय मत दिएका छन् । यो जनमतको सम्मान गर्न अब रविले रोजेको मन्त्रालय दिनुपर्छ । त्यसको लागि मैले के त्याग गर्नुपर्छ तयार छु ।’
हजारौं जनताको बलिदानीबाट प्राप्त यो व्यवस्थाले अझै जरा गाड्न नसकेको उल्लेख गर्दै उनले जनताको दिनदैनिकी दयनीय बन्दै गइरहेको बताए । देशको अर्थतन्त्र जरजर अवस्थामा छ यसको सङ्कट मोचनका लागि अब राष्ट्रिय सहमतिको सरकार गठन गर्न पनि उनले आग्रह गरे ।
‘


