काठमाडौं । नेपाली कांग्रेसका उपसभापति पूर्णबहादुर खड्काले आगामी फागुन २८ अघि नै राष्ट्रपति निर्वाचन हुनुपर्ने बताएका छन् । आइतबार विहान ट्वीट गर्दै उपसभापति खड्काकले यस्तो उल्लेख गरेका हुन् ।
‘दायाँबायाँ नसोची, नहेरी, निर्वाचन आयोगले फागुन २८ अघि सम्पन्न हुने गरी राष्ट्रपतिको निर्वाचन मिति घोषणा गरेर अहिले यस विषयमा देखिन थालेको संसयको घेराबाट आफूलाई समयमै बाहिर निकाल्नु संवैधानिक संस्थाको गरिमाका लागि श्रेयस्कर हुनेछ,’ उनले लेखेका छन् ।


