काठमाडौं । विबाद भएपछि रोकिएको रुपन्देही प्रतिनिधिसभा क्षेत्र नम्बर ३ को मत गणना पुनः सुचारु भएको छ।
गठबन्धनबाट नेपाली कांग्रेसका उम्मेदवार एवं गृहमन्त्री बालकृष्ण खाँण र नेकपा एमाले–राप्रपा गठबन्धनका उम्मेदवार राप्रपाका नेता दीपक बोहोराबीच कडा प्रतिस्पर्धा भइरहेको छ। पछिल्लो परियााम अनुसार गृहमन्त्री खाँणभन्दा ३७७ मतले राप्रपा नेता बोहोरा अगाडि छन्। अब २५ हजार मत गन्न बाँकी छ।


