काठमाडौं । नवनिर्वाचित सांसदहरुको शपथग्रहण अगाडि आज मध्यान्ह १२ बजे सर्वदलीय बैठक बस्दैछ । बैठक प्रतिनिधि सभाका ज्येष्ठ सदस्य पशुपति समशेर जबराको अध्यक्षतामा बस्नेछ ।
बानेश्वरस्थित अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रको ल्होत्से हलमा सर्वदलीय बैठक बस्न लागेको हो । जबराले हिजो शपथ लिएसँगै सर्वदलीय बैठक बोलाएका थिए ।


