काठमाडौं । प्रतिनिधिसभाका नवनिर्वाचित सदस्यहरुमध्ये ४ जना सांसद शपथ कार्यक्रममा अनुपस्थित भएका छन् ।
यसरी अनुपस्थित हुने सांसदहरुमा नेकपा (एकीकृत समाजवादी) का प्रेमबहादुर आले, माओवादी केन्द्रका महिन्द्र राय यादव, नेपाली कांग्रेस माया राई र माओवादीका रामकुमार राई रहेका छन् । महिन्द्रराय यादवको शपथ कार्यक्रम शुक्रबार साढे ११ बजे सिंहदरबारमा तय गरिएको संसद् सचिवालयले जानकारी दिएको छ।
प्रतिनिधिसभामा नवनिर्वाचित सदस्यलाई ज्येष्ठ सदस्य पशुपतिशमशेर जबराले संसद् भवनमा पद तथा गोपनीयताको शपथ ग्रहण गराएका छन् । उनीहरुको सपथ पछि तय हुनेछ ।


