काठमाडौं । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले सत्ता नहुँदैमा निराश हुन नपर्ने बताएका छन् ।
उनले शनिबार तनहुँको भानु नगरपालिका–९ स्थित पुर्कोट कालिका क्याम्पसको आयोजित १०औँ साधारणसभामा उनले सत्ता नहुँदैमा निराश नहुन कांग्रेस कार्यकर्तालाई आग्रह गरे। अहिलेको जस्तो अवस्था विगतमा पनि कांग्रेसले सामना गरेर आएको उल्लेख गर्दै पौडेलले भने, ‘कांग्रेसले सशक्त प्रतिपक्षीको भूमिका निर्वाह गर्छ ।’


