काठमाडौं । नेकपा माओवादी केन्द्र, नेकपा (एकीकृत समाजवादी) लगायतका चार दल सम्मिलित समाजवादी मोर्चाले सातै प्रदेशमा सभा गर्ने निर्णय गरेको छ ।
आज बिहान एकीकृत समाजवादीको केन्द्रीय कार्यालय, आलोकनगरमा बसेको मोर्चाको बैठकले सबै प्रदेशमा सभा गर्ने निर्णय गरेको हो ।
बैठकले ८ गते वीरगञ्ज, १२ गते बुटवल, १३ गते धनगढीमा, १४ गते सुर्खेत, १५ गते पोखरा, २३ गते हेटौंडा र २५ गते विराटनगरमा सभा गर्ने निर्णय गरेको एकीकृत समाजवादीका उपाध्यक्ष प्रमेश हमालले जानकारी दिए ।
उपाध्यक्ष हमालका अनुसार मोर्चा बनाउनुको कारण र यसका कामबारे जनतालाई जानकारी दिने उद्देश्यले सभा गर्न लागिएको हो । मोर्चाले यो सभालाई ‘सन्देश सभा’ नाम दिएको छ ।


